पाठ ४ · छोरालाई चिठी

छोरालाई चिठी

नेपालीविषय
८ minअनुमानित समय
१चिठीको संरचना बताउनुहोस्।
२'छोरालाई चिठी' को विषयवस्तु तथा सन्देश के हो?
३चिठीमा बुबाले छोरालाई के कस्ता सुझाव दिएका छन्?
४रोजगारीका लागि विदेश जाने चलनलाई कसरी रोक्न सकिन्छ?
५अखिलेश किन अरब गएका हुन्?
६अखिलेशले गाउँ फर्केपछि के गर्ने योजना बनाएका छन्?
७माथिको बधाई ज्ञापन कसले कसलाई दिएको हो?
८प्रतियोगीले कुन कार्यक्रममा भाग लिएका थिए?
९कृतज्ञता ज्ञापनको मुख्य विषय के हो?
१०कृतज्ञता ज्ञापन किन गरेको हो?
११शब्द र अर्थबिच जोडा मिलाउनुहोस्: जिम्मेवारी, ईर्ष्या, पुँजी, विश्वास, जोहो।
१२उस्तै अर्थ दिने शब्द खोजेर लेख्नुहोस्: अभिभारा, कर्जा, आग्रह, सल्लाह, राष्ट्रोन्नति, खेलाँची, खबर, निकट।
१३शिष्टाचारका शब्द वा शब्दावलीहरू मिल्ने कोठामा भर्नुहोस्: सादर नमस्कार, धेरै धेरै माया, आशीर्वाद, दण्डवत्, शुभाशिष्, सप्रेम सम्झना, असीम स्नेह, हार्दिक प्रणाम।
१४तलका विशेषण शब्द र नाम शब्द छुट्याउनुहोस्: मेरो झोला, केही किताब, त्यो मान्छे, यी रुखहरू, थोरै समय, अलिकति पानी, ती किसानहरू, यी साथीहरू, प्रशस्त खानेकुरा, तपाईंको सामान, आफ्नो झोला।
१५दिइएका शब्दका ह्रस्व र दीर्घ उकार सच्याएर सार्नुहोस्: मूनि, सुचना, कुकुर, बाबू, भिनाजू, घिउ, धनू, पिडालू, दयालू, सुची, जाउ, ल्याउ, बसुँ, हाँसु।
१६'छोरालाई चिठी' मा आएका दीर्घ उकार ( ू ) लागेका शब्द खोजेर लेख्नुहोस् र वाक्यमा प्रयोग गर्नुहोस्।
१७'छोरालाई चिठी' पढी उक्त चिठीको प्रत्युत्तर लेख्नुहोस् र खामको नमुना पनि बनाउनुहोस्।
१८कमलेशको घरमा को को छन् र उसमाथि कस्तो जिम्मेवारी आइपरेको छ?
१९'धतुराको बिउ रोपेर आँप कहीँ पनि फल्दैन' भन्नाले के बुझिन्छ?
२०किशोर काललाई आँधीबेहरीको उमेर किन भनिन्छ?
२१खाममा पठाउने र पाउनेको ठेगाना कहाँ कहाँ लेखिन्छ र ठेगाना लेख्ने क्रम कस्तो हुन्छ?
२२जमिन बाँझै रहनु देशका लागि किन राम्रो होइन?