पाठ ३ · नेपाली संस्कृति

नेपाली संस्कृति

नेपालीविषय
८ minअनुमानित समय
१जोडा मिलाई अर्थपूर्ण वाक्य बनाउनुहोस् : (क) नेपाली संस्कृति (ख) किरातहरू (ग) देउडा (घ) छठ पूजा (ङ) ल्होसार (च) दसैँ र तिहार (छ) अतिथिलाई
२किरातहरू केमा रमाउँछन् ?
३गौरा पर्व मुख्य गरी कहाँ मनाइन्छ ?
४नेवार समुदायमा मनाइने मुख्य जात्रा र पर्वहरू के के हुन् ?
५रोदी र घाटुमा को को रम्छन् ?
६संस्कृति भनेको के हो ?
७नेपाली संस्कृतिको विशेषता के हो ?
८नेपालमा धार्मिक विविधताभित्र कस्तो एकता छ ?
९नेपाली संस्कृति कहाँसम्म फैलिएको छ ?
१०'जिउँदाका जन्ती र मर्दाका मलामी' भन्नुको तात्पर्य के हो ?
११नेपालमा के कस्ता जाति, भाषा र धर्मसम्प्रदायहरू छन् ?
१२नेपाल सांस्कृतिक विविधता भएको देश हो भन्ने भनाइलाई पुष्टि गर्नुहोस्।
१३तलका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : विविधता, रुखोसुखो, समानता, संस्कृति, राज्य, परम्परा।
१४अनुकरणात्मक शब्दसँग मिल्ने क्रियामूल छानेर जोडा मिलाउनुहोस् : पुलुक्क, टुप्लुक्क, झुलुक्क, तपतप, थचक्क, भतभती, सुटुक्क, ड्याम्म, थ्याच्च, गल्र्याम्म, ट्याप्प।
१५दिइएका वाक्यमा रहेका विशेषण शब्द पहिचान गरी लेख्नुहोस् : (क) हामीले पुराना सामानहरू हटायौँ। (ख) साथीहरू रसिला सुन्तला र ताजा स्याउ किन्दै थिए। (ग) कोसी नेपालको सबैभन्दा ठुलो नदी हो। (घ) भाइले नयाँ घडी लगाएको थियो। (ङ) राम्रा लुगा लगाउन मन पराउने धेरै छन्।
१६तलका विशेषणलाई कति र कस्तो बुझाउने विशेषणमा छुट्याउनुहोस् : सानो, राम्रो, पाँच, पहिलो, सयौँ, हजारौँ, गुलियो, तितो, पिरो, टर्रो, अम्लो, सय, पच्चिस, आठ, तेस्रो, मसिनो, पुरानो, लाखौँ, बिस।
१७तलका वाक्यमा लिङ्ग, वचन र आदरअनुसार विशेषण मिलाएर लेख्नुहोस् : (क) सानो छोरी घरमै बस्छे। (ख) अग्ली केटाहरू भलिबल खेल्दै छन्। (ग) हाम्रो भान्जी र उनकी छोरी एउटै विद्यालयमा पढ्छन्। (घ) राम्रो विद्यार्थी बोलीबाटै चिनिन्छन्।
१८तलका शब्द शुद्ध गरी लेख्नुहोस् : बूद्धि, दूःख, सूख, कूमारी, जिऊ, आयू, वायू, कुखूरो, मनूष्य, गूलेली, घूँडा, चूचुरो, छूर्पी, जूत्ता, दूलो, ठूलो, मूला, लूगा, नमूना, मूजूर, सिपालू।
१९कर्णाली प्रदेशबारे दिइएको अनुच्छेदका पाँचओटा मुख्य बुँदा टिपोट गर्नुहोस्।
२०तपाईंको समुदायमा वा परिवारमा मान्दै आएको कुनै एक चालचलनका बारेमा लेख्नुहोस्।
२१'भूपरिवेष्टित' भनेको के हो र यसले नेपाली संस्कृतिलाई कसरी असर गरेको छ ?
२२गुणबोधक र परिमाणबोधक विशेषण कसरी छुट्याउने ? एउटै वाक्यबाट देखाउनुहोस्।