पाठ २ · कुमार यवक्रीत

कुमार यवक्रीत

नेपालीविषय
८ minअनुमानित समय
१शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : खुसुक्क, होनहार, बेकार, खित्का, हठ, नामुद, सङ्कल्प, भव्य।
२विपरीत अर्थ बुझाउने शब्द पाठबाट खोजेर लेख्नुहोस् : मूर्ख, चेला, पाकेको, होहल्ला, बिपना, अन्त्य, अप्ठ्यारो।
३शब्दजोडीमध्ये विपरीतार्थी शब्दजोडी चिन्नुहोस् : आकाश-पाताल, असल-खराब, जल-पानी, सफल-विफल, काम-खाम, अक्कल-बुद्धि, वन-जङ्गल, सुनाइ-बोलाइ, दिन-रात।
४तलका शब्दका विपरीत अर्थ बुझाउने शब्द लेख्नुहोस् : मित्र, उकालो, जीवन, सज्जन, विष, सम्पन्न, सकारात्मक।
५वाक्यमा प्रयोग गर्नुहोस् : सङ्कल्प, जिद्दी, मदत, विद्वान्, होनहार।
६पाठका आधारमा ठिक बेठिक लेख्नुहोस् : (क) कुमार यवक्रीत भारद्वाज मुनिका पुत्र थिए। (ख) यवक्रीत इन्द्रकहाँ पढ्नका लागि गए। (ग) यवक्रीत इन्द्रका ढोकामा दिनभर अनशन बस्थे। (घ) विष्णु समाजसेवीको भेषमा गङ्गा किनारमा आए। (ङ) कुमार यवक्रीत विद्वान् बन्ने सङ्कल्प लिएर गुरुकुलतिर लागे।
७यवक्रीत कसका सन्तान थिए ?
८यवक्रीत किन इन्द्रकहाँ गए ?
९सपनामा लड्डु खाएर बिपनामा अघाउनु भनेको के हो ?
१०इन्द्रले किन भेष बदल्नुपरेको थियो ?
११यवक्रीतले नपढी पनि के कुरा जानेका थिए ?
१२यवक्रीत किन फटाफट गुरुकुलतिर लागे ?
१३इन्द्रले यवक्रीतलाई कसरी सम्झाउन खोजे, कथाका आधारमा वर्णन गर्नुहोस्।
१४'कुमार यवक्रीत' कथाको मुख्य सन्देश लेख्नुहोस्।
१५कथाको पहिलो अनुच्छेदको सार लेख्नुहोस्।
१६इन्द्रले यवक्रीतलाई नपढी ज्ञान मिल्दैन भन्ने कुरा बुझाउने शैली तपाईंलाई कस्तो लाग्यो, आफ्ना तर्क दिनुहोस्।
१७कुमार यवक्रीतको ठाउँमा तपाईं हुनुभएको भए के गर्नुहुन्थ्यो, तपाईंको विचार प्रस्तुत गर्नुहोस्।
१८कुमार यवक्रीत कस्ता पात्र हुन्, कथाका आधारमा लेख्नुहोस्।
१९कथाको दोस्रो र तेस्रो अनुच्छेदबाट पाँचओटा प्रश्न बनाउनुहोस्।
२०वाक्यमा आएका सर्वनाम चिनेर खाली ठाउँमा लेख्नुहोस् : (क) जो मिहिनेत गर्छ, त्यो सफल हुन्छ। (ख) निमा जे किन्छ, पासाङ पनि त्यही किन्छ। (ग) भाइबहिनीले जसलाई भेटे, दाजुदिदीले त्यसलाई भेटेनन्। (घ) जसले मह काढ्छ, उसले हात चाट्छ। (ङ) सारिकाले जे भनिन्, प्रियङ्काले उही गरिन्। (च) जो अगुवा छ, त्यसले गलत काम गर्नुहुँदैन। (छ) केटाहरू जे जे भन्छन्, साथीहरू त्यही त्यही मान्छन्। (ज) जसलाई घर जानु छ, त्यसले निवेदन लेख्नुपर्छ।
२१नामका सट्टामा प्रश्न बुझाउने सर्वनाम राखेर वाक्य बनाउनुहोस् : (क) बहिनी घर गइन्। (ख) उसले कलम हरायो। (ग) उनीहरूले आँप र सुन्तला खाए। (घ) बुबाले कथा भन्नुभयो। (ङ) गोपाल खेतमा गयो।
२२'कुमार यवक्रीत' पाठको अन्तिम अनुच्छेदबाट दीर्घ इकार लागेका शब्दको सूची बनाउनुहोस्।
२३जोडा मिलाउनुहोस् : (क) एकलव्य (ख) विदुर (ग) दुर्वासा (घ) शकुनि (ङ) यवक्रीत।
२४'महाभारत' मा ककसका कथा छन् र यसको मुख्य सन्देश के हो ?
२५भ्यागुताहरूको दौडको सन्दर्भका आधारमा कथा बनाई त्यसको शीर्षक पनि चयन गर्नुहोस्।
२६भारद्वाज मुनिको आश्रम सुनसान हुनुको के कारण थियो र त्यसले यवक्रीतमा कस्तो असर पाऱ्यो ?
२७बुढा मान्छेले 'म त आँट गरेरै लागेको छु' भन्दा त्यसको भित्री अर्थ के थियो ?
२८कथामा प्रयोग भएका अनुकरणात्मक शब्द खोजी तिनले वाक्यलाई कस्तो बनाएका छन् भनी लेख्नुहोस्।
२९सर्वनाम भनेको के हो र यसको प्रयोगले भाषालाई कस्तो फाइदा गर्छ ?