१आमाले पानी कुन कुन कामका लागि चाहिन्छ भन्नुभयो ?
२वनभोजका रमाइला र नरमाइला पक्ष के के थिए ?
३काठमाडौँ उपत्यका कुन कुन नदीले बनाएको सहर होला ?
४नदीको महत्त्वका बारेमा एक अनुच्छेद लेख्नुहोस् ।
५पानीले कसरी आफ्नो बाटो फराकिलो पार्छ, वर्णन गर्नुहोस् ।
६संसारमा नदी किनारमा बस्ती विकास हुनुको कारण के हो, चर्चा गर्नुहोस् ।
७व्याख्या गर्नुहोस् : जिउनका लागि हावा जत्तिकै पानी चाहिन्छ ।
८व्याख्या गर्नुहोस् : त्यो दोभान ज्ञान, सिप, प्रगति र विकासको केन्द्रका रूपमा विकसित हुन्छ ।
९'पानीको कथा' पाठले बताउने मुख्य मुख्य विषयवस्तु दश वाक्यमा लेख्नुहोस् ।
१०'पानीको कथा' पाठका आधारमा १, २, ३... लेखी घटनाक्रम मिलाउनुहोस् ।
११तलका पदावली र अर्थबिच जोडा मिलाउनुहोस् : खेतको तिर्खा, पानीको बन्दोबस्त, आकुलव्याकुल हुनु, रिसले मुर्मुरिनु ।
१२तलका टुक्का र तिनका अर्थबिच जोडा मिलाउनुहोस् : अनुहार फेर्नु, हिसाब राख्नु, हात हाल्नु, घुँडा टेक्नु, कम्मर कस्नु, नाक काट्नु, कान समात्नु, मास छर्न जानु ।
१३टुक्काहरूलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
१४तलका अनुकरणात्मक शब्द र क्रियाको जोडा मिलाउनुहोस् र तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : कलकल, भुलुक्क, खलखली, छताछुल्ल, दरदर, निथ्रुक्क, चुलुम्म, झलमल्ल, सलल ।
१५कोष्ठकका निर्देशनअनुसार वाक्य परिवर्तन गर्नुहोस् : म खेल्न जान्छु (द्वितीय पुरुष), ऊ ६ कक्षामा पढ्छ (प्रथम पुरुष), उनीहरू आज कता गएछन् ? (द्वितीय पुरुष) ।
१६तलका वाक्यलाई करण भए अकरणमा र अकरण भए करणमा परिवर्तन गर्नुहोस् : आज पानी पर्ला । साथीले धोका दिँदैन । हामी पोखरा गएका छौँ ।
१७तलको चित्र हेरी वर्णन गर्नुहोस् ।
१८पानी हाम्रा लागि अति आवश्यक वस्तु हो । तपाईं पानीको सदुपयोग कसरी गर्नुहुन्छ, आफ्नो प्रतिबद्धता प्रस्तुत गर्नुहोस् ।
१९ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस् : (क) यस संसारमा पानीभन्दा जमिन धेरै छ । (ख) हिमाल पानीको स्रोत हो । (ग) तरकारीको स्वाद भनेको तरकारीभित्रको पानीको स्वाद हो । (घ) हामीले फेर्ने सासमा पानीको मात्रा हुँदैन । (ङ) बोटबिरुवाले पानी लिँदैनन् ।
२०'पानीको उपयोगिता' शीर्षकमा एउटा संवाद तयार पार्नुहोस् ।
२१'पानीको कथा' निबन्धमा लेखकले आमा, किसान र कारखानाका दाजुदिदीको बोली किन ल्याएका होलान् ?
२२नदीको स्वभावबाट विद्यार्थीले के कस्तो शिक्षा लिन सक्छन् ?
२३नदीले दुई मुलुकलाई कसरी छुट्याउँछ र कसरी जोड्छ ?