पाठ १४ · वनभोज

वनभोज

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका शब्दबाट वाक्य बनाउनुहोस् : नाटक, समाप्त, खेत, ठुलो, आइडिया, कोसिस
२यो संवाद कसले लेखेका हुन्?
३रामविलास कुन गीतमा नाच्यो?
४फुर्बाको आफ्नो भाषा कुन हो?
५लुमन्तीको आफ्नो भाषा कुन हो?
६कसले भनेको हो, पात्रको नाम लेख्नुहोस् : (क) सबैले आआफ्नो भाषाको गीत गाउने। (ख) मलाई त भोक लाग्यो। (ग) सर! हजुर पनि आउनुस् न। (घ) आज एक दिन आमाबुबा बनेर हेरौँ, कस्तो हुँदो रहेछ। (ङ) आहा! कति राम्रो आइडिया। (च) हो त नि, हामीले राम्ररी पढिदिउन् भन्नुहुन्छ उहाँहरू। (छ) बुबा तरकारी खेती गर्नुहुन्छ। (ज) मेरी आमा मजदुरी गर्नुहुन्छ।
७शान्ताले आफ्ना श्रीमान्लाई घर आउँदा के ल्याउनु भनिन्?
८लुमन्ती आमाको अभिनय गर्दा किन साँच्चै रोई?
९रामविलासका बुबालाई किन राम्ररी निद्रा लागेन?
१०गौरीकी आमा के गर्नुहुन्छ?
११शिक्षक किन दङ्ग पर्नुभएको छ?
१२'वनभोज' संवादका आधारमा घटनाक्रम मिलाउनुहोस्।
१३'वनभोज' संवादका पात्रमध्ये कसको भूमिका तपाईंलाई मन पर्‍यो र किन, कारणसहित लेख्नुहोस्।
१४व्याख्या गर्नुहोस् : आमाबुबा भनेका त साक्षात् भगवान् नै हुन्।
१५व्याख्या गर्नुहोस् : छोराछोरी हुन त सजिलो रहेछ, आमाबुबा हुन त कति गाह्रो हुँदो रहेछ।
१६संवाद पूरा गर्नुहोस् : 'शिक्षाको महत्त्व' मा धनबहादुर र मनबहादुरको कुराकानी।
१७जोडा मिलाउनुहोस् : अन्धविश्वास, वैज्ञानिक सत्य, कुरीति, पूर्वजन्मको फल, विभेद सिर्जना, वितृष्णा
१८अन्धविश्वास भनेको के हो र त्यसलाई कसरी हटाउन सकिन्छ?
१९'वनभोज' मा कोष्ठकभित्र लेखिएका वाक्यको काम के हो? एउटा उदाहरण दिएर बुझाउनुहोस्।
२०'वनभोज' पाठले नेपालको सामाजिक विविधतालाई कसरी देखाएको छ?
२१मौलिक शब्द र आगन्तुक शब्दबिचको भिन्नता उदाहरणसहित लेख्नुहोस्।