पाठ १३ · लाग्दछ मलाई रमाइलो

लाग्दछ मलाई रमाइलो

नेपालीविषय
८ minअनुमानित समय
१कविलाई कुन ठाउँ रमाइलो लाग्छ ?
२लेकमा कुन फूल फुलेको छ ?
३बैँसीमा कुन फूल फुलेको छ ?
४कुन चराले विरह बोल्छ ?
५पँधेरो कहाँ छ ?
६साथीहरूले गाउँदागाउँदै कस्तो रात बिताउँछन् ?
७कवि आँसुका ढिका खसालेर के सम्झन्छन् ?
८कति बेला सारा जगत् अँध्यारो हुन्छ ?
९परेवा वा न्याउलीले के बताउँछन् ?
१०कविको मनलाई केले दौडाई लान्छ ?
११छुटेका शब्द भरी कविताका यी हरफ पूरा गर्नुहोस् : 'लेकै हेरूँ ......... बैँसी हेरूँ प्याउली', 'पिरती बास्ने परेवा ......... बोल्ने न्याउली', '......... छुन्छ बेलुकी सप्तर्षिका .........', 'जुनेली ......... बिताउँछन् ......... साथीले ।'
१२तलका हरफलाई गद्यमा लेख्नुहोस् : (क) हिमाल छुन्छ बेलुकी सप्तर्षिका ताँतीले । (ख) जुनेली रात बिताउँछन् गाउँदागाउँदै साथीले । (ग) सम्झन्छु म हिमचुली आँसुको ढिका खसाली । (घ) दौडाई लान्छ मलाई यै बादलु छायाले ।
१३भाव विस्तार गर्नुहोस् : 'नौ डाँडाको पारमा प्रीतिको देश छ मेरो, मनमा घाम नलागे संसारै सारा अँधेरो ।'
१४'लाग्दछ मलाई रमाइलो' कवितामा व्यक्त भएका मुख्य मुख्य विषयवस्तु आफ्नै शैलीमा लेख्नुहोस् ।
१५प्रकृति कस्तो पुस्तक हो ?
१६हाम्रो आनीबानीलाई कसरी सफा राख्नुपर्छ ?
१७कस्तो कठिनाइमा पनि फूल हाँस्न सक्छ ?
१८भाइ, बहिनी, हजुरआमा, हजुरबुबा, बुबा, आमा, बिरामी आफन्त र गाईवस्तुको कसरी र किन हेरचाह गरिन्छ, एक अनुच्छेदमा वर्णन गर्नुहोस् ।
१९'मुनामदन' नेपाली साहित्यको कस्तो कृति हो ?
२०'मुनामदन' का रचयिता को हुन् ?
२१मदनले किन ल्हासा जान चाहेका होलान् ?
२२मुनाले मदनलाई के भनिन् ?
२३मुना हाँसे मदन के गर्न सक्छन् ?
२४मुना र मदनबिच के कस्ता संवाद भए होलान्, अनुमान गरी बताउनुहोस् ।
२५'लेक' र 'बैँसी' बिच के फरक छ ?
२६यो कविता कस्तो विधाको रचना हो र यसमा लय कसरी बनेको छ ?
२७'सप्तर्षि' के हो र कवितामा किन आएको छ ?
२८प्रत्यय भनेको के हो ? दुईओटा उदाहरण दिनुहोस् ।
२९'मेरो आमा विद्यालयमा पढाउँछ ।' यो वाक्य किन गलत हो र यसलाई कसरी मिलाउने ?