१दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्: व्यावहारिक, महान्, स्थानीय, उत्प्रेरित, वैज्ञानिक, कृतज्ञ, विद्युतीय।
२तलका शब्दहरूको शब्दस्रोतसँग जोडा मिलाउनुहोस्: कोट, बुइँगल, डम्फु, घले, च्याङ्ग्रा, आपस, होन्डा।
३पाठमा प्रयोग भएका अङ्ग्रेजी भाषाबाट आएका दशओटा शब्द खोजेर लेख्नुहोस्।
४महाभारत, कुबेर, कुम्भकर्ण र ढुङ्गा शब्दको अर्थ पढी वाक्यमा प्रयोग गर्नुहोस्।
५दिइएका शब्द शुद्ध उच्चारण गरी लेख्नुहोस्: व्यावहारिक, आविष्कार, उत्सुकता, टेलिग्राफ, टेपरेकर्डर, जिम्मेवारी, प्रयोगशाला, फोनोग्राफ।
६पाठका आधारमा दिइएका मिति र घटनाको जोडा मिलाउनुहोस्।
७ठिक भए ठिक र बेठिक भए बेठिक लेख्नुहोस्: थोमस एल्भा एडिसनले तीन महिनाजति मात्र विद्यालयमा पढ्न पाए।
८ठिक भए ठिक र बेठिक भए बेठिक लेख्नुहोस्: थोमस एल्भा एडिसनका पिता विद्यालयका शिक्षक थिए।
९ठिक भए ठिक र बेठिक भए बेठिक लेख्नुहोस्: थोमस एल्भा एडिसनले पत्रिका बेच्ने काम पनि गरे।
१०ठिक भए ठिक र बेठिक भए बेठिक लेख्नुहोस्: थोमस एल्भा एडिसनले टेलिभिजन अपरेटरको काम गरे।
११ठिक भए ठिक र बेठिक भए बेठिक लेख्नुहोस्: एडिसनको समयमा बोस्टन विज्ञान, कला र संस्कृतिको केन्द्रका रूपमा प्रसिद्ध थियो।
१२ठिक भए ठिक र बेठिक भए बेठिक लेख्नुहोस्: थोमस एल्भा एडिसनको पहिली पत्नीको नाम मिना मिल्लर थियो।
१३ठिक भए ठिक र बेठिक भए बेठिक लेख्नुहोस्: मिना मिल्लर थोमस एल्भा एडिसनभन्दा उन्नाइस वर्ष कान्छी थिइन्।
१४थोमस एल्भा एडिसनको बाल्यकाल कस्तो थियो?
१५थोमस एल्भा एडिसनले कति वर्ष टेलिग्राफ अपरेटरको काम गरे?
१६थोमस एल्भा एडिसनलाई चर्चित बनाउने मुख्य आविष्कार कुन हो?
१७थोमस एल्भा एडिसनले कहाँ विशाल प्रयोगशाला बनाए?
१८थोमस एल्भा एडिसनले आविष्कारक हुनुभन्दा अघि के के काम गरे?
१९थोमस एल्भा एडिसनलाई सफलताको शिखरमा पुर्याउने आविष्कार के के हुन्?
२०थोमस एल्भा एडिसनको जीवनीबाट कस्तो प्रेरणा लिन सकिन्छ?
२१थोमस एल्भा एडिसनले वैज्ञानिक आविष्कार गर्ने सन्दर्भमा गरेका महत्त्वपूर्ण कामलाई क्रमैसँग लेख्नुहोस्।
२२‘असफलता नै सफलताको प्रेरक हो।’ यस भनाइलाई थोमस एल्भा एडिसनको जीवनीका आधारमा प्रस्ट पार्नुहोस्।
२३मानिसले वैज्ञानिक आविष्कारका सहायताले गरेका कामबारे दिइएको अनुच्छेदका आधारमा चारओटा प्रश्न निर्माण गर्नुहोस्।
२४तपाईं कस्ता व्यक्तिलाई विश्वास गर्नुहुन्छ र कस्ता व्यक्तिलाई अविश्वास गर्नुहुन्छ, छोटा छोटा दुईओटा अनुच्छेदमा लेख्नुहोस्।
२५दिइएका बुँदाका आधारमा गुग्लिएल्मो मार्कोनीको छोटो जीवनी लेख्नुहोस्।
२६तपाईं भविष्यमा के बन्न चाहनुहुन्छ र किन?
२७प्र, उप, अन, आ, बे, वि, प्रति र सु उपसर्ग लगाई दुई दुईओटा शब्द बनाउनुहोस्।
२८किसानको कुराकानीबाट संयोजक, विस्मयादिबोधक र निपात छुट्याएर लेख्नुहोस् र प्रत्येकमा दुई दुईओटा शब्द थप्नुहोस्।
२९ओहो, तापनि, छ्या, नै, सरासर, त्यसैले, किनभने, आत्था र रे शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्।
३०रेखाङ्कित पदहरूको पदवर्ग छुट्याउनुहोस्: हिजो, बित्तिकै, आब्बुइ, पो।
३१तलका शब्दमा उचित ठाउँमा चन्द्रबिन्दु लगाउनुहोस्: आखा, बास, आसु, साचो, कैची, चादी, औठी, दाइ, सधै, तपाई, काइयो, गलैचा, गास, घास।
३२थोमस एल्भा एडिसनको जीवनमा टेलिग्राफ अपरेटरको काम सिक्ने अवसर कसरी जुर्यो?
३३जीवनी विधा भनेको के हो र यसका विशेषता के के हुन्?
३४एडिसनको पहिलो आविष्कार असफल हुनुको कारण के थियो र त्यसबाट के सिकिन्छ?