पाठ ११ · सहभागिताका लागि निवेदन

सहभागिताका लागि निवेदन

नेपालीविषय
८ minअनुमानित समय
१निवेदन पढेर ठिक वा बेठिक छुट्याउनुहोस् : (क) यो निवेदन खेलकुदका विषयमा लेखिएको छ। (ख) प्रत्यक्ष अध्ययन अवलोकनबाट प्राप्त ज्ञान चिरस्थायी हुन्छ। (ग) भ्रमणले व्यावहारिक ज्ञान आर्जन गर्न त्यति मदत गर्दैन। (घ) सिकाइलाई प्रभावकारी र व्यावहारिक बनाउन शैक्षिक भ्रमणले सहयोग गर्छ। (ङ) यो निवेदन लेखक सुप्रिया अधिकारी हुन्।
२यो निवेदन कुन मितिमा लेखिएको हो ?
३यो निवेदन कसले कसलाई लेखेको हो ?
४शैक्षिक भ्रमणमा कहाँ जाने कार्यक्रम छ ?
५यो निवेदनको विषय के हो ?
६निवेदनका जम्मा कतिओटा चरण हुँदा रहेछन् ?
७निवेदनको पहिलो चरणमा के लेखिन्छ ?
८निवेदन लेख्दा विषयको जानकारी कुन चरणमा गराइन्छ ?
९निवेदनको मुख्य विषय कुन चरणमा लेखिन्छ ?
१०घरमा हजुरआमा बिरामी भई अस्पताल लैजानुपरेकाले एक दिनको बिदा पाऊँ भनी प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस्।
११रुगाखोकी र ज्वरोसम्बन्धी सूचना पढेर पाँचओटा प्रश्न बनाउनुहोस्।
१२नमुनाजस्तै अर्को समवेदना लेख्नुहोस्।
१३तपाईंको साथी कुनै प्रतिस्पर्धाबाट बाहिरिएर निराश छ भने उसलाई कसरी सहानुभूति दिनुहुन्छ ?
१४शब्द समूहबाट नमिल्ने शब्द छुट्याउनुहोस् : (क) खुट्टा, पाउ, चरण, मरण (ख) धन, मन, सम्पत्ति, दौलत (ग) वन, फूल, जङ्गल, अरण्य (घ) शिशु, बालक, बच्चा, कच्चा (ङ) ज्ञाता, जान्ने, विज्ञ, आज्ञा (च) धन, समीर, पुँजी, सम्पत्ति
१५दिइएका शब्द समूहबाट उल्टो अर्थ दिने शब्द खोज्नुहोस् : (क) पाप (ख) आस्तिक (ग) विष (घ) चोर (ङ) नाफा
१६रेखाङ्कित शब्द नामयोगी हुन् वा क्रियायोगी लेख्नुहोस् : (क) म साथीसित खेल्न भनी बाहिर जान्छु। (ख) तिमीहरूभन्दा ऊ धेरै पहिला आयो। (ग) बुबाले मेरा लागि किताब किनेर ल्याइदिनुभयो। (घ) ऊ कुरा मात्र गर्छे, काम गर्दिनँ।
१७झाडापखाला लागेकाले विद्यालयमा उपस्थित हुन नसक्ने व्यहोरा जनाई प्रधानाध्यापकलाई एउटा निवेदन लेख्नुहोस्।
१८प्रत्यक्ष अवलोकनबाट प्राप्त ज्ञान किन चिरस्थायी हुन्छ ?
१९निवेदन र समवेदनाबिच के फरक छ ?
२०हलन्त र अजन्त शब्द भनेको के हो, उदाहरणसहित लेख्नुहोस्।
२१निवेदन लेख्दा विषय किन अनिवार्य रूपमा लेख्नुपर्छ ?