पाठ १० · आशाको दियो

आशाको दियो

नेपालीविषय
८ minअनुमानित समय
१चमेलीकी आमाको रहर के थियो ?
२चमेलीका जीवनमा कस्ता समस्या आइपरेका थिए ?
३चमेलीलाई कसले आशाको दियो जगाइदियो ?
४दिइएका घटनाहरूलाई पाठका आधारमा घटनाक्रम मिलाई १, २, ३ ... को क्रममा राख्नुहोस् ।
५पाठका आधारमा दिइएका पात्रहरूका बारेमा वर्णन गर्नुहोस् : (क) चमेली (ख) आमा (ग) कल्पना (घ) सविता गुरुआमा
६भाव विस्तार गर्नुहोस् : समस्या भए समाधान पनि त निस्किन्छ नि ।
७माथिको कथा पढी एक अनुच्छेदमा उक्त कथाको सन्देश लेख्नुहोस् ।
८मोतीराम भट्टसम्बन्धी अनुच्छेदको सार एकतिहाइमा लेख्नुहोस् ।
९तलका बुँदाका आधारमा छोटो कथा लेख्नुहोस् : हात्तीको सानो छाउवा हुनु, त्यो साह्रै चकचके हुनु, माहुतेले त्यसका खुट्टामा साङ्लाले बाँधेर खम्बामा अल्झाउनु, छाउवाले त्यो साङ्लो चुडाउन बल गर्नु, खुट्टामा घाउ हुनु तर पनि साङ्लो चुडाउन नसक्नु, छाउवाले दिनहुँ बल गर्नु तर असफल हुनु, छाउवा बढ्दै जानु र घरीघरी साङ्लो चुडाउन खोज्नु तर पनि चुडाउन नसक्नु, पछि पछि त चुडाउने प्रयास गर्नै छोड्नु, माहुतेले एउटा सानो डोरीले खुट्टालाई खम्बामा बाँधे जस्तो गर्नु, हात्ती त्यसैमा अल्झेर एकै ठाउँ बस्नु ।
१०कल्पना गर्नुहोस् कि तपाईंको नजिकको साथी कुनै कुरामा असफल भयो र त्यसले उसलाई गहिरो चोट लाग्यो । हतास भएको उक्त साथीलाई तपाईं कसरी सम्झाउनुहुन्छ ?
११उपयुक्त ठाउँमा ठिक विभक्ति भरी तलका वाक्यहरूको पुनर्लेखन गर्नुहोस् ।
१२तलका वाक्यमा आएका कारक चिनेर लेख्नुहोस् : (क) गुरुले कथा पढाउनुभयो । (ख) उनीहरू घरमा बस्छन् । (ग) काठमाडौँबाट पोखरा जाने बस छुट्यो । (घ) भाइले चम्चाले भात खायो । (ङ) उनका घरमा पूजा छ ।
१३अनुच्छेद पढेर ग्याँ एवम् ज्ञ प्रयोग भएका शब्दको छुट्टाछुट्टै सूची बनाउनुहोस् ।
१४नेपथ्य भनेको के हो र यस कथामा त्यसको प्रयोग कहाँ भएको छ ?
१५यस रचनाको शीर्षक आशाको दियो किन सार्थक छ ?
१६चमेलीले आफ्नो दुःख पहिले किन लुकाउन खोजिन् र पछि कसरी खुलिन् ?