पाठ १ · मातृभूमिको आवाज

मातृभूमिको आवाज

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका पदावली बुझाउने शब्द कवितामा खोजेर लेख्नुहोस्: (क) लक्ष्मीपूजाको भोलिपल्ट बेलुकी भट्याइने गाथा (ख) कुनै पनि काम राम्रोसँग गर्ने सिप (ग) शरीर आदिको उपल्लो भाग (घ) शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम (ङ) जाति, वर्ग र पेसाका मानिसको परिचायक पहिरन
२उस्तै अर्थ दिने शब्दहरूबिच जोडा मिलाउनुहोस्: सिङ्गो, मुलुक, सुमन, मिहिनेत, वक्षस्थल, गोडा।
३तलका शब्दसँग उस्तै अर्थ दिने शब्द कवितामा खोजेर लेख्नुहोस्: राष्ट्र, पुष्प, जिन्दगी, धरणी, शरीर, गाना, पोसाक।
४सिङ्गो, भेष, संस्कार, देउडा र रोदी शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्।
५तलका वाक्यमा जोड दिइएका शब्दको ठाउँमा उस्तै अर्थ दिने शब्द कवितामा खोजेर वाक्य पुनर्लेखन गर्नुहोस्: (क) आकाशमा जून उदाएको थियो। (ख) घामको प्रकाशले आँखा तिर्मिरायो। (ग) हामीले वातावरण सफा राख्नुपर्छ। (घ) शुक्लाफाँटको मनोहर दृश्य देखेर म मक्ख परेँ।
६छुटेका शब्द भरी श्लोक पुनर्लेखन गर्नुहोस्: हिमाल मेरो ......... उच्च ......... / पहाड ......... र मधेस ......... / म ......... मान्छेसरि ......... ठान / यी ......... मेरा सब हुन् ......... ।
७के बाँचे देश बाँच्छ ?
८देशलाई केले सिँगार्नुपर्छ भनिएको छ ?
९पहाड र मधेसलाई के भनिएको छ ?
१०संस्कृतिको सुवास कसरी छर्न भनिएको छ ?
११तलका पङ्क्तिलाई गद्यमा लेख्नुहोस्: (क) गौरा खुलोस् सुन्दर देउडामा। (ख) सिँगार्न आऊ श्रमले मलाई। (ग) नेपाल हाँसोस् मिथिला कलामा।
१२कवितामा कसलाई आमा स्विकारिएको छ, किन ?
१३कविताका आधारमा नेपाललाई कसरी पूर्ण मानिससरि ठानिएको छ ?
१४नेपालीको संस्कृति र वेशभूषा कस्तो पाइन्छ ?
१५भावविस्तार गर्नुहोस्: छैनन् पराई सब भाइभाइ / आमा ! पुकार्छन् सबले मलाई ।
१६'मातृभूमिको आवाज' कविताको मूल भाव लेख्नुहोस्।
१७'मातृभूमिको आवाज' कविताको दोस्रो श्लोकबाट तीनओटा प्रश्न बनाउनुहोस्।
१८हिजोआज चाडपर्व बढी भड्किला र खर्चिला बन्दै गएका छन्। यस्तो अवस्थामा सुधारका लागि तपाईं अरूलाई कसरी अनुरोध गर्नुहुन्छ ?
१९तलका शब्दलाई व्यक्ति, स्थान, द्रव्य, प्राणी, समूह र भाव बुझाउने नाममा छुट्याउनुहोस्: अमरसिंह थापा, काठमाडौँ, सुन, बाघ, बथान, माया, पोखरा, चाँदी, हात्ती, बहादुरी, सेनापति, लुम्बिनी।
२०दिइएका नामलाई 'को' र 'के' को समूहमा छुट्याउनुहोस्: चरो, पानी, हरिमाया, धुवाँ, रमेश, रचना, बुबा, छोरो, शिक्षक, गाई, बिरालो, किताब, झोला, खाजा, मामा, हिमाल, दिदी, काका।
२१तलका दोस्रो वाक्यमा नामको सट्टामा मिल्ने सर्वनाम राखी पुनर्लेखन गर्नुहोस्: (क) न्हुच्छेमान बजार गयो। न्हुच्छेमानले पत्रिका किन्यो। (ख) बुबा शिक्षक हुनुहुन्छ। बुबा विद्यालयमा पढाउनुहुन्छ। (ग) भान्जी मिलनसार छिन्। भान्जी मिहिनेती पनि छिन्। (घ) साथीहरू फुटबल खेल्न गए। साथीहरूले स्वर्णपदक पाए।
२२तलका सर्वनाम र क्रियाबिच जोडा मिलाउनुहोस्: त्यो, हामी, तँ, तिमी, उनीहरू।
२३कवितामा ह्रस्व इकार (ि) लागेका शब्द टिप्नुहोस्।
२४तलका शब्दको वर्णविन्यास मिलाएर लेख्नुहोस्: कसीलो, ईन्जिनियर, गरीब, ईच्छा, पीरो, सहीद, अफीस, घीउ, पर्सी, पछ्याडी, परीभाषा, अभीभावक, कवी, कृषी, वृद्धी, मिती, निति, पण्डीत।
२५तलका भनाइ ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस्: (क) नेपालमा लेक र बेँसीहरू छन्। (ख) नेपाल मरुभूमिको देश हो। (ग) हामी सबै मिलेर देशका लागि खट्नुपर्छ।
२६यस कविताको शीर्षक 'मातृभूमिको आवाज' किन राखिएको होला ?
२७कवितामा उल्लेख भएका चाड, गीत, नाच र कलाको सूची बनाई तिनको छोटो परिचय दिनुहोस्।
२८'संस्कार बाँचेपछि देश बाँच्छ' भन्नुको अर्थ के हो ?