१बाइसी राज्य कसरी बनेका थिए?
२सेन राज्य टुक्रिनुका कारण उल्लेख गर्नुहोस्।
३गण्डकी क्षेत्रका राज्यहरूलाई किन चौबिसी राज्य भनिएको हो?
४के मुकुन्द सेनले आफ्ना छोरालाई अंश दिएजस्तै गरी राज्य वितरण गर्नु ठिक थियो? आफ्नो विचार प्रस्तुत गर्नुहोस्।
५बाइसी र चौबिसी राज्य भन्ने नाम कहाँबाट आयो?
६सेन राज्यको स्थापनादेखि विभाजनसम्मको क्रम लेख्नुहोस्।
७राज्य टुक्रिने दुई तरिका कुन कुन हुन्, उदाहरणसहित लेख्नुहोस्।
८बाइसी र चौबिसी राज्यहरूलाई साना र ठुला कसरी छुट्याइन्थ्यो?
९केन्द्र कमजोर हुँदा साना राज्य किन बन्छन्?
१०मध्यकालीन नेपालको इतिहासले हामीलाई के सिकाउँछ?